Rule 12
धनीको मृत्यु भएमा ;-
(१) कुनै स्टकको धनीको मृत्यु भएमा निजको इच्छापत्र बमोजिमको व्यक्ति धनी मानिनेछ । तर इच्छापत्र नभएमा प्रचलित नेपाल कानून बमोजिम मृत व्यक्तिको हकवाला त्यस स्टकको धनी हुनेछ ।
(२) कुनै स्टक दुई वा दुईभन्दा बढी व्यक्तिहरुले संयुक्त रुपले प्राप्त गरिराखेका भए र तिनीहरुमध्ये कसैको वा जम्मैको मृत्यु भएमा मृतकको हिस्सामा आउने सो स्टकको सा“वा व्याजको अधिकार मृत व्यक्तिको इच्छापत्र भए सो बमोजिम र नभएमा प्रचलित नेपाल कानून बमोजिम मृत व्यक्तिको हकवाला त्यस स्टकको धनी हुनेछ ।